खस आर्यतर्फ ७ केन्द्रीय सदस्यमा ६ जना देउवा पक्षका निर्वाचित

Congress vote

काठमाडौं ८ पुस, । नेपाली कांग्रेसको खस आर्यतर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

बिहीबार साँझ सम्पन्न मतगणना अनुसार खसआर्य खुलातर्फ ७ खुला पदका लागि भएको निर्वाचनमा केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित हुनुभएको छ ।

निर्वाचित हुने केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् । त्यस्तै खसआर्य महिलातर्फ ६ जनाका लागि भएको निर्वाचनमा मञ्जु खाण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना विजयीहुनुभएको हो ।

गौतम संस्थापन इतर समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् भने बाँकी पाँच जना संस्थापन समूहबाट विजयी भएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गर्न समय लाग्ने जनाएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२७ सम्म भएको थियो । १ सय ३४ पदका लागि भएको निर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक