आजको मौसम पूर्वानुमान, विभिन्न स्थानमा हिमपातको सम्भावना

मौसम

काठमाडौं ९ पुस, । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सुकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।

यसैगरी, आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ भने देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक