नवलपरासीको दुम्कीबास मा बाघ देखिएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह

पाटे बाघ

काठमाण्डौ ९ पुस, । नवलपरासीको दुम्कीबास बस्ती आसपासमा बाघ देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्कीबास आसपासमा बाघ देखिन थालेपछी त्रास बढेको हो ।

गाउँपालिकाले सूचना निकालेर स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह समेत गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जीसीले जनाकारी दिनुभयो ।

रातिको समयमा वन क्षेत्र नजिक हिँडडुल नगर्न, सके सम्म एक्लै नहिँड्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष जीसीले बताउनुभयो ।

दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीय बासिन्दाको गुनासो छ । गएको महिना विनयी त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणका कारण ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक