माओवादी राष्ट्रिय सम्मेलनमा प्रचण्डलाई मनोनयनतर्फका प्रतिनिधि छान्ने जिम्मा

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड

काठमाण्डौ ९ पुस, । नेकपा माओवादी केन्द्र ले राष्ट्रिय सम्मेलनमा मनोनयनतर्फका प्रतिनिधि छननेट गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको हो ।

आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । एक हजार चार सय ८३ प्रतिनिधि नियमित प्रक्रियाबाट आएका छन् भने त्यसको १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । १० प्रतिशत मनोनयन गर्दा एक सय ४८ जना प्रतिनिधि छानिने छन् ।

यसअघि पाँच प्रतिशत मनोनयन गर्ने व्यवस्था रहेकोमा बढाएर १० प्रतिशत पुर्‍याइएको छ । माओवादीले यसअघि सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि हुने भनेकोमा अब त्यो सङ्ख्या एक हजार ६ सय आठ हुने भएको छ ।

स्थायी कमिटीमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक दस्तावेजमाथि भने शनिवार बस्ने बैठकमा छलफल हुने महराले जानकारी दिनुभयो । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन पर्सि आइतवार ११ गतेदेखि १३ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

यसैबीच नेकपा मसाल सम्पर्क केन्द्र र नेकपा माओवादी केन्द्रको एकीकरण भएको छ । नेकपा मसालबाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्र बीच एकता भएको छ ।

काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता भएको घोषणा गरिएको छ । घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको बताउनुभएको हो । उहाँले राजनीतिक परिवर्तन जोगाउन क्रान्तिका पक्षधर शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक