देशभर बिजुलीको माग बढ्दा काठमाण्डौमा बत्ती गइरहेको, कुलमान घिसिङ भनाई

Kulman Ghishing

काठमाण्डौ ९ पुस, । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर बिजुलीको माग बढेकाले काठमाण्डौमा बत्ती गइरहेको बताउनुभयो । उहाँले माग धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकाले बत्ती गइरहेको जानकारी दिनुभयो । उहाँले काठमाण्डौ उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताउनुभयो ।

शुक्रवार काठमाण्डौमा भएको कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘अहिले देशभर हाम्रो माग गएको वर्षको भन्दा २५ देखि ३० प्रतिशत बढेको छ । इन्डक्शनदेखि लिएर अहिले सबै उपकरणहरू प्रयोग भयो कि जस्तो देखिन्छ । त्यसले गर्दा तीन सय, चार सय मेगावाट माग बढेको छ । त्यसैले काठमाण्डौमा केही ठाउँमा अहिले समस्या आएको भन्ने मलाई पनि जानकारी भएको छ । बेलुका साढे ५ देखि ७ बजेसम्म पिक हुन्छ । त्यो पिकको समयमा केही ट्रान्सफर्मरहरू ओभरलोडिङ भएको देखिन्छ । त्यसलाई तत्काल फेरेर अर्को ट्रान्सफर्मर राख्ने काम पनि भइरहेको छ । २०० केबीएको ट्रान्सफर्मरमा १०० केबीएको लोड हुने ठाउँमा एकै पटक २०० को लोड आइदिन पनि सक्छ । कसैले त्यो क्षेत्रमा एसी, इन्डक्शन लगायो भने भार बढ्न सक्छ । त्यो समस्या आउनासाथ ट्रान्सफर्मर फेर्ने काम भइराखेको छ, त्यो फेर्दा समय लाग्ने भएकोले केही समस्या आएको छ ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले जायिकाको १ सय ५० मिलियनको फन्ड आइरहेको र त्यो फण्ड काठमाण्डौ र पोखराका प्रमुख क्षेत्रमा अन्डरग्राउन्ड केबलिङमा खर्च हुने बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक