माओवादीको महाधिवेशनमा एमाले अध्यक्ष ओली भने सहभागी नहुने

kp-sharma-oli

काठमाडौं ११ पुस, । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुनुहुने भएको छ । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराउनुभएको हो ।

अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गर्नुभएको थियो । तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

एमालेले चितवनमा आयोजना गरेको १० राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड जानुभएको थिएन । माओवादीले स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदै छ । उदघाटन समारोहमा सहभागी माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको हो ।

यसअघि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भनेको थियो । तर अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय माओवादीले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक