भारतका बालबालिकालाई ३ जनवरीदेखि कोरोना खोप, स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइदै

corona vaccine

काठमाडौं ११ पुस, । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहलाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गर्नुभएको छ । यो समूहलाई नयाँ वर्ष २०२२ को जनवरी तीन तारिखदेखि खोप दिइने मोदीले बताउनुभयो । मोदीले स्वास्थ्यकर्मी र ६० वर्ष माथिको समूहलाई पनि बुस्टर डोज दिने घोषणासमेत गर्नुभएको छ ।

शनिबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले सो घोषणा गर्नुभएको हो । मोदीले भन्नुभयो ‘१५ देखि १८ वर्ष उमेरका जो बालबालिकाहरु छन्, अब उनीहरुका लागि भारतमा खोप अभियान सुरु हुने छ । सन् २०२२ को जनवरी ३, सोमबारदेखि यसको सुरुवात हुने छ ।’

उहाँले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आतंकित नहुन आग्रह गर्दै सावधान र सतर्क रहन आह्वान गर्नुभयो ।

भारतले यसै वर्षको १६ जनवरीदेखि आफ्ना नागरिकहरुलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरेको थियो । मोदीले भारतीय नागरिकहरुलाई १४१ डोज खोप दिएर कठिन लक्ष्य पार गरेको पनि बताउनुभयो ।

उहाँका अनुसार भारतको वयस्क जनसंख्यामध्ये ६१ प्रतिशतभन्दा धेरैले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् । वयस्क जनसंख्याको ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा लगाइसकेको जानकारी पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक