‘फुलन्देकी आमा’ बिना पनि मुन्द्रले केही गर्न सक्ने जीतुको भनाई

jitu nepal

काठमाण्डौ ११ पुस, । हास्य कलाकार जीतु नेपालले दर्शकलाई आफुले निरास नपर्ने बताउनुभएको छ । कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि ल्याउन लागेको सामाजिक संजाल मार्फत आधिकारीक घोषणा गर्दै उनले दर्शकलाई धेरै हँसाउन नसकेपनि नरुवाउने बाचा गर्नुभएको हो ।

‘मुन्द्रेको कमेडी क्लब पुन प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्म तिर लाग्दैछु’ जीतुले भन्नुभयो ‘मुन्द्रेले धेरै हँसाउन न सक्ला, तर रुवाउने छैन । मुन्द्रेले धेरै राम्रो गर्न नसक्ला, तर नराम्रो गर्ने छैन ।’ नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोग सहित कार्यक्रम ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।

‘हिजोका केही कमिकमजोरीहरुलाई हटाउँदै नयाँ जोश जाँगर र उत्साह सहित आउन लागेको छु’ उहाँले अगाडि भन्नुभयो ‘क्लबमा सहभागी हुने नयाँ पात्रहरु, प्रसारण हुने टेलिभीजन, मिती र समय चाँडै नै एक कार्यक्रमका बीच सार्वजनिक गर्नेछौ । दर्शकबाट पाईरहेको माया, साथ र हौसला निरन्तर मिल्ने उहाँले आस समेत गर्नुभयो ।

‘उमेश राई फुलन्देकी आमा’ बिना मुन्द्रेले केही गर्न नसक्ने होइन । उ बिना पनि कार्यक्रम गर्नसक्छ’ जीतु भन्नुभयो । ‘मुन्द्रेको कमेडी क्लब’ शोका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै उहाँले केही अगाडि कार्यक्रम बन्द गर्नुभएको थियो । ‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालटी शो थियो । जीतु आफैले होष्ट गरेको उक्त शोमा उमेश राई, राजाराम पौडेल, राजेन्द्र नेपालीको अलवा सदावहार अभिनेत्री करिश्मा मानन्धर समेत देखिदै आएका थिए । सुरुवातको समय शोमा अभिनेत्री निर्देशक दीपाश्री निरौला पनि रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक