म्यानमार मा ३० भन्दा धेरै शव जलेको अवस्थामा भेटियो

myanmar

काठमाण्डौ ११ पुस, । म्यानमारको कायाह प्रान्तमा ३० वटाभन्दा धेरै शव जलेको अवस्थामा भेटिएको जनाइएको छ ।

म्यानमारको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव फेला परेको जनाइएको हो ।

ती शवहरु म्यानमारको सेनाले जलाएर गाडेको हुनसक्ने आशङ्का गरिएको छ । म्यानमारको पुस्रो सहर नजिक रहेको गाउँमा सेनाले गोली हानी उनीहरुको हत्या गरेको दाबी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारमा सैनिक शासनको विरोध गर्नेहरुलाई सेनाले अमानवीय व्यवहार गर्ने गरेको मानवअधिकारवादी समूहको आरोप समेत रहेको छ ।

म्यानमारमा आङ सान सुकी नेतृत्वको सरकारलाई हटाएर सत्ता हातमा लिएयता सेनाको नागरिकस्तर बाट दिनप्रतिदिन विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक