राष्ट्रियसभा निर्वाचनको सुरक्षा प्रबन्धबारे केन्द्रीय सुरक्षा समितिको छलफल

Suraksha-Samiti-

काठमाडौं ११ पुस,। केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनको सुरक्षा प्रबन्ध बारेमा छलफल भएको छ ।

आइतबार गृहमन्त्रालयमा बसेको बैठकमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार गृहमन्त्री खाणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक