किमाथांकामा हिमपात भएपछि जनजीवन कष्टकर

snow_fall

सङ्खुवासभा ११ पुस, । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको उच्च हिमाली भागमा बाक्लो हिमपात भएसँगै त्यहाँ जनजीवन कष्टकर बनेको छ ।

जिल्लाको उत्तरीक्षेत्रको भोटखोला गाउँपालिकाको किमाथांका र दक्षिणी क्षेत्रमा तिनजुरे–मिल्के–जलजले टीएमजे मा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो । गएको शुक्रवार बेलुकीदेखि किमाथांका क्षेत्रमा हिमपात पर्न थालेपछि जनजीवन कष्टकर बनेको किमाथांका प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक डीएसपी टिकाराम राईले जानकारी दिनुभयो ।

बाक्लो हिउँका कारण किमाथांकाका गाउँबस्ती नै छोपिएको छ । जसका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । चिसोका कारण घरभित्र नै आगो तापेर बस्ने गरेको र पशुचौपायालाई घाँसपानी दिनपनि समस्या भइरहेको स्थानीयवासी को भनाई रहेको छ ।

snow fall in sankhuwasabha 4 BnwlPVrTTM

किमाथांका गाउँ र माथिका डाँडाकाँडा क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको किमाथांका प्रहरी चौकीका इन्चार्ज राईको भनाइ रहेको छ । बाक्लो हिमपातका कारण प्रहरी चौकीको भवनसमेत हिउँले ढाकेको उहाँले बताउनुभयो ।

हिमपातपछि जाडो बढ्दा बालबालिका र वृद्धवृद्धा हरुमा बढी समस्या परेको । हिउँ परिरहेकाले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल टीएमजे क्षेत्र हिउँले ढाकेको छ । तीनजुरे, पाँचपोखरी, गुफापोखरी, मंगलबारे, चौकी, मिल्के लगायतका क्षेत्रमा हिउँ परिरहेकाले सडक सञ्चालनमा अवरोध आएको गुफपोखरीका हरि खनालले बताउनुभयो ।

snow fall in sankhuwasabha 7 4Eh6RGYkdl
प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक