उखुको अझै साढे १२ करोड बक्यौता बाँकी रहेको किसानको दावी

उखु किसान

काठमाडौं ११ पुस, । पाँच वर्षअघि चिनी मिललाई बिक्री गरेको उखुको १२ करोड ६४ लाख रुपैयाँ बक्यौता अझै बाँकी रहेको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको हो ।

सरकारले हिसाब गरेको कुल ६५ करोड बक्यौता मध्येबाट उक्त रकम अझै पनि किसानले नपाएको संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताउनुभयो ।

उद्योगी र किसानको दाबीमा फरक परेको २५ करोड बाहेकको झण्डै १३ करोड रुपैयाँ अझै उद्योगबाट प्राप्त नभएको मिश्रले बताउनुभयो । किसानले दाबी गरेको ९० करोडमध्येको थप २५ करोडको हिसाब खोज्न पनि सरकारले चासो नदिएको समितिको गुनासो रहेको छ ।

‘सरकारले दिनु भनेकै रकमबाट झण्डै १३ करोड पाएका छैनौं, थप अध्ययन गर्ने भनेको २५ करोडमा सरकार मौन छ,’ संरक्षक मिश्रले भन्नुभयो । पुस महिनाभित्रै सबै रकम भुक्तानी नभए माघबाट पुनः आन्दोलनको तयारी गर्ने पनि उहाँले चेतावनी दिनुभयो ।

संघर्ष समितिका सचिव हरेश्याम यादवका अनुसार अन्नपूर्ण, श्रीराम, महालक्ष्मी, इन्दिरा र लुम्बिनी चिनी मिलले किसानलाई अझै बक्यौता तिर्न रहेको बाँकी छ ।

अन्नपूर्ण चिनी मिलले ५ करोड, श्रीरामले ३ करोड १४ लाख, महालक्ष्मी सुगर मिलले ३ करोड र इन्दिरा सुगरले एक करोड ५० लाख रुपैयाँ किसान लाई भुक्तानी गर्न बाँकी रहेको छ ।

अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालले मिल बिक्री गरेको र नयाँ सञ्चालकले किसानलाई चेक वितरण गरे पनि सबै चेक नसाटिएको सचिव यादवले बताउनुभयो । यस्तै श्रीराम सुगर मिलले बकयौता रकम जिल्ला प्रशासनमा दिए पनि किसानको विवरण नदिँदा वितरण नभएर थन्किएको समितिले जनाएको छ ।

अन्य मिलले भने रकम भुक्तानीका लागि खासै चासो नदिएको समितिको गुनासो रहेको छ । उखु किसानको वक्यौता भुक्तानी विवादबारे किसानबाट थप ताकेता नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘दुई महिनाअघि केही चासो व्यक्त भएपनि अहिले किसानहरु सम्र्पकमा हुनुहुन्न, भुक्तानीमा समस्या भए गृह मन्त्रालयमा जानकारी गराउन भनेका छौं,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.नारायाणप्रसाद रेग्मीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक