शशांक र सुजातालाई व्यवस्थापन गर्न नसक्दा पराजय भएको डा.शेखर कोइरालाको भनाई

Dr sasank koirala

काठमाडौं १२ पुस, । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै परिवारभित्रका भाइ र बहिनीलाई उचित व्यवस्थापन गर्न नसक्दा आफूले पार्टी सभापतिमा हार व्यहोर्नु परेको बताउनुभएको छ । उहाँले भाइ शशांक र बहिनी सुजातालाई मिलाउन नसक्नु आफ्नो कमजोरी भएको पनि स्वीकार गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले भन्नुभयो , ‘मभित्र धेरै कमी कमजोरी छन्, कोइराला परिवारभित्र भाइ र बहिनीको भावना, मर्म बुझ्न सकिनँ ।’ सोही कारण आफू पार्टी सभापति पदमा पराजित हुन परेको उहाँको भनाइ रहेको छ ।

उहाँले बीपी कोइरालाले आफ्नो बुबालाई लेखेको पत्रबारे आफूले शशांक र सुजातालाई बुझाउन नसक्नु पनि आफ्नो पराजयको एउटा कारण भएको बताउनुभयो । उहाँले महाधिवेशनमा आफूले हासिल गरेको मतअनुसार नै पार्टीमा आफ्नो वरीयता कायम भएको पनि उल्लेख गर्नुभयो । काँग्रेस केन्द्रीय समितिको बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै २० औ नम्बरको वरीयता कायम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक