राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले विवरण बुझाए

national-Card-

काठमाडौं १३ पुस , । भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन् । नेपाल सरकारको कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चारवटै नगरपालिकामा सञ्चालन गरेको अभियानमा ९२ हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएको र अभियान सम्पन्न हुने समयसम्ममा एक लाखभन्दा बढीले विवरण बुझाउने आकलन गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

हाल जिल्लाको चाँगुनारायण नपामा विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको छ । सूर्यविनायक र भक्तपुर नगरपालिकाका केही वडास्तरमा विवरण सङ्कलनको कार्य भइरहेको छ । यही पुस १२ गतेदेखि मध्यपुरथिमि नगरपालिकामा विवरण सङ्कलन अभियान सुरु भएको थियो ।

प्रजिअ शर्माका अनुसार जिल्लाका चार नगरपालिकाका वडास्तरमा ७६ वटा विवरण सङ्कलन स्टेशन सञ्चालन गरी राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम गरिएको छ । प्रत्येक स्टेशनमा फोटो खिच्न दुईवटा क्यामेरा, दुई कम्युटरसहित दुई जना कम्प्युटर अपरेटर, एक जना रुजु अधिकारी र आवश्यकतानुसार सहयोगी कर्मचारी गरी दुई जना कर्मचारी खटाइएको जनाइएको छ ।

राष्ट्रिय परिचयपत्र कार्यान्वयन आएपछि राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाण पुर्जालगायत व्यक्तिका अन्य विवरण यही परिचयपत्रमा समावेश हुने भएकाले महत्वपूर्ण यो अभियानलाई सफल पार्नुपर्ने उहाँले बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले आफ्नो नगरपालिकामा अभियान भएको र आगामी २६ गतेसम्म विवरण सङ्कलन गरिने भएकाले यसलाई सफल बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक