सिरहामा दुई दिन का लागि निषेधाज्ञा

काठमाण्डौ १३ पुस,। सीके राउत नेतृत्वको जनमत पार्टीले आमहड्ताल र चक्काजाम गरे पछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनको लागि भनेर पूर्व पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ ।

आज र भोलि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा लागू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

कार्यालयले विज्ञप्ति निकालेर यो अवधिभर कुनै भेला हुन, राजनीतिक सभा र गतिविधि गर्न तथा बाहिर हिँडडुल गर्न नपाउने जनाएको छ । तर, यो समयमा राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडक खण्डमा गाडी भने चल्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

DAO Siraha Press Release

नियमको उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासका क्षेत्र तथा चोहर्वादेखि सिरहा सडक खण्डको पेट्रोल पम्पसम्म र यो मार्गको ५ सय मिटर पूर्व(पश्चिम आसपासका क्षेत्रसम्म कर्फ्यु लागू भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक