प्रशासनले कार्यकर्ता रिहा गरे पनि सिके राउतले आन्दोलनको कार्यक्रम फिर्ता लिएनन्

काठमाडौं १४ पुस, । सिरहाको औरही गाउँपालिकाबाट गहुँको बिउ लुटपाट भएको विषयमा विवाद भएपछि सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरिरहेको छ । पुस ६ मा किसानहरूलाई निःशुल्क गहुँको बिउ वितरण गर्दा समयमै प्राप्त गर्न नसकेको भनेर केही व्यक्तिले बिउ भण्डारण गोदामको ताला तोडेर लुटेर लगेका थिए । त्यसबारे औरही गापा अध्यक्षले दिएको निवेदनका आधारमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले आपराधिक उपद्रव मुद्दा चलाएको थियो ।

सो विषयलाई लिएर जनमत पार्टीले पुस ११ मा विभिन्न ठाउँमा मशाल जुलुस र तत्पश्चात् ३ दिनसम्म आमहडताल, लोकमार्ग अवरोध जस्ता विरोधका कार्यक्रम गर्दै आइरहेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालयले प्रदर्शनको क्रममा पक्राउ परेका सिके राउत नेतृत्वको जनमत पार्टीका १७ जनालाई रिहा गरेको छ । जिल्ला प्रशासनले निषेधाज्ञा पनि फिर्ता लिएको छ । त्यस्तै मिथिलेश यादवलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

ckraut

प्रशासनले निषेधाज्ञा फिर्ता लिएर कार्यकर्ता रिहा गरे पनि सो पार्टीले आफ्ना आन्दोलनको कार्यक्रम जारी राखेको छ । जनमत पार्टीले औपचारिक रूपमा आन्दोलनको कार्यक्रम फिर्ता लिएको घोषणा नगरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताउनुभयो ।

प्रदर्शनको क्रममा राउतका कार्यकर्ताले सडकमा गुडिरहेका १९ सवारी साधनहरू माथि तोडफोड र एउटा ट्रकमा आगजनी गरेका थिए । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबावु कबारीले राजनीतिक दलका प्रमुखहरूसँग छलफलपछि राउतका कार्यकर्तालाई थुनामुक्त गरेर निषेधाज्ञा फिर्ता लिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक