बिहीबार तमु ल्होसारको रौनक

Tamu-lhosar

काठमाडौं १५ पुस, । आज पुसको १५ गते । गुरुङ समुदायले देशभर तमु ल्होसार’ पर्व मनाइ रहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।

पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना समेत भएको छ ।

काठमाडौं उपत्यका र उपत्यका बाहिर घर भई यहाँ बस्ने तमु गुरुङ समुदायका व्यक्तिहरू आफ्नो वेषभूषा र झाँकीसहित टुँडिखेलमा उपस्थित भएर आज यो पर्व मनाइरहेका छन् ।

Tamu lhosar 6 1024x683 1

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएदै आएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँने गर्दछन ।

Tamu lhosar 4 1024x683 1

त्यसोत पुस १५ आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको पनि बताइन्छ ।

Tamu lhosar 1 1024x683 1

पर्वका अवसरमा आज सरकारले भने देशभर सार्वजनिक बिदा दिएको छ ।

Tamu lhosar 5 1024x683 1

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक