हिमपातका कारण मनाङ र म्याग्दीमा दुई बेपत्ता

Marpha_

पोखरा १५ पुस, । मंगलबार साँझदेखि परेको हिमपातका कारण मनाङ र म्याग्दीमा एकरएक जना बेपत्ता भएको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख रवीन्द्रप्रसाद आचार्यका अनुसार भारी हिमपातमा परी बेपत्ता हुनेमा मनाङको नासों गाउँपालिकाका ५२ वर्षीय आच्छ्यु गुरुङ रहनुभएको छ ।

बुधबार साँझ सोही वडाको तप्की लेकमा भेडीगोठ सार्नेबेला हिमपहिरोमा परेका हुन् । ‘बेपत्ताको खोजी कार्य भइरहेको छ । अहिलेसम्म कुनै जानकारी आएको छैन,’ सीडीओ आचार्यले भन्नुभयो ।

त्यस्तै, म्याग्दीमा बिहीबार हिमपातमा परी धवलागिरि गाउँपालिका १, गुर्जाका एकजना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दी सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार बेपत्ता हुनेमा ५० वर्षीय रामबहादुर छन्त्याल रहेको जनाइएको छ ।

उनी पनि भेडीगोठमा गएकोबेला हिमपहिरोमा परी बेपत्ता भएका हुन् । ‘उहाँसँगै अरु ३ जना बेपत्ता भएका थिए । तर, उनीहरु सम्पर्कमा आइसकेका छन् । बेपत्ता छन्त्यालको खोजी कार्य भइरहेको छ,’ सहायक सीडीओ पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक