गिरिराजमणि पोख्रेल माथि आरोप लगाउने भगतले गरे आत्मालोचना

काठमाडौं १५ पुस, । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शहीदको सालिक भत्काएको भन्दै केही दिन अघि सुरु भएको विवाद अन्त्य भएको छ ।

प्रदेश २ को समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेता सत्यनारायण भगतले महोत्तरीको खयरमारामा रहेको शहीद रामवृक्ष यादवको शालिक स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले भत्काउन लगाएको आरोप लगाउनुभएको थियो । पोखरेललाई कारबाही गर्नुपर्ने उहाँको माग थियो ।

आफूमाथि गम्भीर आरोप लागेपछि अध्यक्ष मण्डलमा रहेका पोखरेल बन्द सत्रमा जान मान्नुभएन । यो विषयको निर्क्यौल नगरेसम्म बन्द सत्रमा नजाने उहाँको अडान थियो । तर भगतले पोखरेललाई आरोपित गरेकोमा आत्मालोचना गर्दै पत्र लेखेका छन् भने नेतृत्वले पनि आरोप गलत भएको बताएपछि विवाद सुल्झिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक