बिहानैदेखि आज हुस्सु र कुहिरो, आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं १६ पुस, । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेका छन् । जहाजहरू अवतरण पनि हुनसकेका छैनन् ।

भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज शुक्रवार बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि ठप्प रहेको बताउनुभयो । धनगढी विमानस्थल भने खुलेको छ तर काठमाडौंको एयरपोर्ट नखुलेकाले उडान हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि जजिरा एयरलाइन्सका दुई जहाजले काठमाडौं उपत्यकाको आकाशमा फन्को लगाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानैदेखि काठमाडौं उपत्यकासहित तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक