हिमपातका कारण सोलु ओखलढुङ्गा सडक खण्ड गत तीन दिनदेखि बन्द

solu_road_

सोलुखुम्बु १६ पुस, । हिमपातका कारण सोलु ओखलढुङ्गा सडक खण्ड विगत तीन दिनदेखि बन्द भएको छ ।

सडकमा बाक्लो हिउँ जमेका कारण गएको बुधवार बेलुकादेखि दुई जिल्ला बीचको सडक सम्पर्क टुटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हो ।

सोलुखुम्बुको पत्ताले क्षेत्रको सडकमा जमेको हिउँ डोजरले सोरेर आंशिक रुपमा सडक खुलाए पनि ओखलढुङ्गाको ठाडे क्षेत्रको सडक पूर्णरुपमा सञ्चालनमा आउन नसकेको प्रहरीले बताएको छ ।

पताले र ठाडे क्षेत्रको सडकमा करिब डेढ फिट जति हिउँ जमेको त्यहाँ स्थानीयले बताएका छन् ।

सडकमा हिउँ जमेकाले दुर्घटनाको जोखिम उच्च भएको प्रहरीले जनाएको छ । सडक बन्द भएसँगै सोलुखुम्बुबाट काठमाण्डौसहित विभिन्न जिल्लाका लागि छुट्ने तथा जिल्ला भित्रिने गाडी अलपत्र मा परेका छन् । सडक खुलाउने प्रयास भने भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक