नाकाबन्दी लगाएमा सम्बन्ध पूरै विच्छेद हुने अमेरिकालाई रुसको चेतावनी

काठमाण्डौ १५ पुस, । रुसले युक्रेनको विषयलाई लिएर नयाँ नाकाबन्दी लगाइएमा अमेरिकासँगको सम्बन्ध पूरै विच्छेद हुने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमाथि नयाँ नाकाबन्दी लगाइए सम्बन्ध पूरै विच्छेद हुने जानकारी दिनुभएको हो ।

५० मिनेट लामो टेलिफोन संवादमा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरुले निर्णायक जवाफ दिने बताउनु भएको थियो । युक्रेनको पूर्वी सीमा क्षेत्रमा रुसले १ लाख भन्दा धेरै सेना तैनाथ गरेपछि रुस र अमेरिका सहित पश्चिमा देशबीच तनाव बढ्दै गएको छ ।

रुसले भने युक्रेन माथि आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै आफ्नो भूमिको रक्षाका लागि युक्रेनको सिमानामा सेना तैनाथ गरेको तर्क गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक