लाउरे’ लाई अनुसन्धानका लागि ८ दिन म्याद थप

laure

पोखरा १६ पुस , । लागुऔषध मुद्धामा बुधबार पक्राउ परेका ’लाउरे’ नामले चर्चित र्‍यापर आशीष राना मगरलाई थप अनुसन्धानका लागि कास्की प्रहरीले ८ दिन म्याद गरेको थपेको छ । हिजो विहिवार सार्वजनिक बिदाका कारण म्याद थप हुन सकेको थिएन । आज ८ दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूले लागुऔषध प्रयोग गर्ने गरेको स्विकार गरेका छन् । लाउरे बुधबार पोखराको न्यूरोड नजिकै जाल्पारोडको एक घरको कोठाबाट पक्राउ परेका थिए । युवतीसँगै रहेका ¥यापर लाउरे र अन्य दुई जना युवक पनि पक्राउ परेका छन् ।

युवती स्याङ्जा भिरकोट नगरपालिका ७ घर भई पोखरा १५ बस्ने २२ वर्षिया सुस्मिता गुरुङ रहेको जनाइएको छ । यस्तै, लागुऔषध कारोबारी पोखरा २१ घर भई हाल छोरेपाटन बस्ने ३९ वर्षिय ध्रुबहादुर थापा र पोखरा ७ का ३० वर्षिय बिक्कि भन्ने नवीन गुरुङ पक्राउ परेका हुन् । उनीहरु लागुऔषध कारोबारी हुन् ।

उनीहरुको साथबाट १३.०१ ग्राम लागुऔषध प्रहरीले फेला पारेको थियो । लाउरे कास्की प्रहरीको हिरासतमै रहेका छन् ।

कारोबार पुष्टि भएको अवस्थामा र्‍यापर लाउरे कम्तिमा ५ वर्षसम्म जेल जान पनि सक्छन् । यदि कारोबार गरेको पुष्टि नभएको तर सेवन मात्र गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुन सक्ने छ । एक वर्षसम्म कैद हुने मुद्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर पनि जान सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक