सहमति नभए लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने प्रचण्डको भनाई

Prachanda

काठमाडौं १७ पुस, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बताउनुभएको छ ।

शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधन गर्दै उनले सहमतिका लागि कोशिस गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताउनुभएको हो ।

‘सबैको कोशिस सहमति होस् भन्ने नै हो । तर, लोकतान्त्रिक अभ्यास वा जनवादी अभ्यास कुण्ठित गर्ने ढंगले हामी जाँदैनौं’ बन्दसत्रमा प्रचण्डको भनाइ लाइृ उधृत गर्दै एक नेताले भने, ‘कुनै पनि लोकतान्त्रिक अभ्यासका लागि हामी तयार छौं । तर, जस्तोसुकै लोकतन्त्रमा पनि पहिलो प्रयास सहमति नै गर्ने हो ।’

शनिबार अबेरसम्म भए पनि केन्द्रीय समिति र पदाधिकारी टुंगो लगाउने आफूहरुको चाहना भएको प्रचण्डले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई ५ बजेसम्मको समय दिइएको छ । त्यसपछि सहमति नभए निर्वाचन समितिले प्रक्रिया अघि बढाउने प्रचण्डको भनाइ रहेको छ ।

माओवादीले पालिका र प्रदेशस्तरमा निर्वाचनको अभ्यास गरेको भन्दै महाधिवेशनमा पनि त्यो अभ्यास गर्न सकिने प्रचण्डको भनाइ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक