‘दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड ’को टप फाइव आज सार्वजनिक

Himalayan-International-

काठमाडौं १७ पुस, दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८ का उत्कृष्ट पाँच मनोनयनहरु सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप आयोजक रहेको अवार्ड ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ अवार्ड आयोजना गरिएको हो ।

पुस २७ गते होटल एभरेष्टमा एक विशेष भव्य समारोहबीच आयोजना हुने अवार्डमा उत्कृष्ट पाँचमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने संयोजक गीता अधिकारीले बताउनुभयो । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र बाल गीतलाई समावेश गरिएको हो । हिमालयन अन्तर्राष्ट्रिय अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार अवार्डमा साहित्य विधातर्फ पनि अवार्ड प्रदान गरिनेछ ।

अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एकजना विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक समितिका निर्देशक भीष्मराज फुलाराले जानकारी दिनुभयो । गतवर्ष ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ सङ्गीतकार राजुसिंहलाई प्रदान गरिएको थियो भने पत्रकारमा अनन्त वाग्ले र कुवेर गिरीलाई सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक