सँगै सुतेकी श्रीमतीको शङ्कास्पद मृ,त्यु, श्रीमान् पक्राउ

rukum

रुकुम पश्चिम १७ पुस, । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा एक महिलाको रहस्यमय मृ,त्यु भएको जनाइएको छ । शुक्रबार राति करिब १० बजे २६ वर्षीया कमला खनाल आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताइएको हो ।

परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को सलले झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षका दीपक खनाललाई आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमै पुगेर घटनाको अनुसन्धान यतिबेला सुरु गरिएको छ ।

आशंका गरिएका कमलाका श्रीमान् दीपक पनि प्रहरीकै नियन्त्रणमा रहेको र पोष्टमार्टम पछि मात्रै घटनाका बारेमा थप कुरा आउने प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक