शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना कार्य सुरु

jala-birds

काठमाण्डौ १८ पुस, । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा जलपक्षी गणना गर्ने काम थालिएको छ ।

निकुञ्जभित्र र बाहिर रहेका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको जनाइएको छ ।

गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञ, हिमाली प्रकृति, एनटीएनसी, नेचर गाइड एसोसिएशनका प्रतिनिधिलगायत सहभागिता रहेको छ ।

गणनामा वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिनुभयो । आउँदो माघ २ गतेसम्म स्थलगत रूपमा पुगेर र कुनै ठाउँमा डुङ्गा लगायतमा चढेर जलपक्षी गणना हुने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुने बताइएको छ ।

अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर पनि गणना हुनेछ ।

तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्ष जलपक्षीको अनुगमन र गणना हुँदै आएको हो ।

अघिल्लो वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा विश्वकै दुर्लभ मानिने सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए।

तालतलैयामा जलपक्षीको सङ्ख्या सँगै सिमसारको अवस्था बारेमा समेत अध्ययन हुने विज्ञ डगौराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक