बच्चादेखि वृद्धसम्मको टहलिने ठाउँ बन्दै नारायणी नदी किनार

ctw-narayani-nadi

चितवन १८ पुस, । चितवनको नारायणगढ बजार नजिकै रहेको नारायणी नदी किनारमा हरेक दिन चहलपहल बढ्ने गरेको देख्न सकिन्छ ।

तनाव र थकान मेटाउन, केटाकेटी भुलाउन, पारिलो घाम ताप्न र स्वच्छ हावा लिन चाहनेहरुको उपयुक्त गन्तव्यस्थल बनेको छ, नारायणी नदी किनार । नदीमा चलाइने डुङ्गा र सेल्फी प्वाइन्टले पनि सबैलाई आकर्षित गरेको छ ।

बजार नजिकै रहेको नदी किनारको खुला चौरमा दिउँसोको समयमा पारिलो घाम ताप्न र साँझमा टहलिनेहरुको निकै भीड लाग्ने गर्दछ ।

नदी किनारमा बिहानदेखि साँझसम्म नै चहलपहल बढी देखिन्छ । बिहानपख मर्निङ वाक र योगा गर्नेहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ ।

दिउँसो युवा युवतीहरुको बाक्लो भीड लाग्छ । साँझपख भने हरेक उमेर समूहका व्यक्तिहरु नदी किनारमा पुग्ने गरेका छन् ।

Narayani Nadi Kinar ko chahalpahal 10

नारायणी नदीमा सुधारिएका डुङ्गामा सयर गर्नेहरुको भीड पनि बढ्दै गएको पाइन्छ । नदीमा डुङ्गा सफारी भइरहँदा किनारमा बसेर हेर्ने भीड उत्तिकै हुने गर्दछन् ।

किनारमा मकै पोल्ने, चटपट, पानी पुरी र मम चाउमिन जस्ता फाष्टफुड बेच्नेहरुका ठेलाहरु पनि लहरै हुन्छन् । नदी किनारमा सेल्फी लिनेहरु रमाइरहेका हुन्छन्।

नदी किनारमा अग्लो बुद्ध प्रतिमा छ । बस्ने सिमेन्टका बेन्चहरु निर्माण भएका छन् । लगभग डेढ किलोमिटरमा लहरै सोलार बत्ती जडान भएका कारण साँझको समयमा नदी किनारमा उज्यालो र सुन्दरतासँगै सुरक्षा पनि थपिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक