चलचित्र ‘लाखे’ मा भित्रिए रोहित

काठमाण्डौ १८ पुस, । अभिनेता रोहित रुम्बाको अभिनय फिल्म ‘लाखे’ मा पनि रहने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा शनिबार रोहितलाई भित्र्याएको छ । ‘लाखे’ कथा मन परेको कारण फिल्मसँंग जोडिएको रोहितले बताएका हुन । रोहितले यस अगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका थिए ।

रोहितसँगै निर्माण युनिटले कलाकारका रुपमा सन्जय थापा र संन्जोग राणालाई पनि भित्र्याएको छ । यी तीन कलाकार भित्रिएसँगै फिल्मको लागि कलाकार पुरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिनुभयो ।
फिल्मका लागि यस अगाडि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, बर्षा राउत, सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए।परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी छानिएका छन् ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल रहेका छन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको जनाइएको छ ।
ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको दीलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन् । फिल्म २६ पुसबाट छायांकनका लागि फ्लोरमा निस्कने निर्देशक सम्राट बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक