पाल्पामा मलामी बोकेको बस दुर्घटना, सात को ज्यान गयो

दुर्घटना

बुटवल १८ पुस, । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृ’त्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएको जनाइएको छ ।

लु २ ख ७२,७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको खांणले बताउनुभयो ।

मृतकको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक