कांग्रेस केन्द्रीय सदस्यमा गुरुङ, पौडेल र शाही मनोनीत

काठमाडौं १८ पुस, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनीत हुनुभएको छ ।

उनीहरु तीनै जना १४औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार रहेका थिए ।

सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो । देउवाले शनिबार रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। प्रकाशशरण महत, डा। नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गर्नुभउको थियो ।

कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान रहेको छ । १४ औं महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक