तनहुँमा मात्र ११ हजार मतदाता थपिए

Voter-card

दमौली १८ पुस, । तनहुँ जिल्लामा ११ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई चरणमा स्थानीय तहमा सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानका क्रममा ११ हजार ६ सय २० नयाँ मतदाता थपिएको जनाइएको छ ।

कार्यालयले नौ वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली सङ्कलन को काम भइरहेको छ ।

पहिलो चरणमा भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिका तथा दोस्रो चरणमा शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन गरिएको हो ।

निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले भानु नगरपालिकामा सबैभन्दा बढी मतदाता थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिकाबाट दुई हजार २ सय ६५, शुक्लागण्डकी नगरपालिकाबाट एक हजार ५ सय ३०, भीमाद नगरपालिकाबाट एक हजार १७, आँबुखैरेनी गाउँपालिकाबाट एक हजार तीन, बन्दीपुर गाउँपालिकाबाट ९ सय २५, देवघाट गाउँपालिकाबाट ७ सय १२, घिरिङ गाउँपालिकाबाट ७ सय २९, म्याग्दे गाउँपालिकाबाट ५ सय ३५, ऋषिङ गाउँपालिकाबाट ८ सय ६८ मतदाता थपिएका छन् । थपिएकामध्ये महिलाको सङ्ख्या बढी रहेको छ ।

यसैगरी जिल्ला निर्वाचन कार्यालयबाट ९ सय ५५ र जिल्ला प्रशासन कार्यालयबाट एक हजार ८१ मतदाता थपिएका छन् । यसैगरी बाहिरी जिल्लाका ६५ जनाले पनि जिल्ला प्रशासन कार्यालयबाट नामावली दर्ता गराएका छन् । दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ,” प्रमुख ढकालले भन्नुभयो, ‘परिचयपत्र हराएकाले पनि पुनःनाम दर्ता गराएको हुनसक्छ ।’

मतदाता नामावली सङ्कलनका लागि नौ दर्तास्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ जना दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन गरिएको थियो । सङ्कलन गरिएको विवरण यही पुस १० देखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइने बताइएको छ ।

स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार ४ सय ७१ मतदाता रहेकामा प्रतिनिधिरप्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार ४ सय ४६ मतदाता थिए । विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म दुई हजार आठ सय १७ मतदाता थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक