सुडानका प्रधानमन्त्रीले राजीनामा दिए

काठमाडौं १९ पुस, । सुडानका प्रधानमन्त्रीले राजीनामा दीनुभएको छ । नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अबदल्ला हामदोकले राजीनामा दिनुभएो हो ।

टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गर्नुभएको हो

देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उहाँले भन्नुभयो ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु ।’

सुडान एक ‘खतरनाक मोड’मा रहेको बताउँदै उनले संक्रमणकालीन अवधिको बाँकी कामहरु पूरा गर्न मद्दत गर्ने बताउनुभएको छ ।

गत अक्टोबर महिनामा सेनाले कु गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उहाँलाई सेनाले प्रधानमन्त्रीमा पुनरबहाली गरेको थियो । तर सेनासँग सम्झौता गरी पुनः प्रधानमन्त्री बनेको भन्दै उहाँको विरोध हुँदै आएको थियो ।

सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए । उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शन रोक्ने उद्देश्यले सरकारले हालै राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक