माओवादीलाई पेरिसडाँडा साँघुरो भयो , ब्यांक्वेटमा बोलाइयो केन्द्रीय समिति बैठक

maobadi kandra

काठमाडौं १९ पुस, । अपुरो केन्द्रीय समिति घोषणा गर्दै आठौं राष्ट्रिय महाधिवेशन अन्त्य गरेको नेकपा माओवादी केन्द्रले आज सोमबार पदाधिकारी चयनको तयारी गरेको छ ।

आज अपराह्न तीन बजे नवनिर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बसेर पदाधिकारी चयन गर्ने माओवादीको तयारी रहेको छ ।

तर अपुरो केन्द्रीय समितिलाई नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा साँघुरो भएको जनाइउको छ । त्यसैले सानेपा हाइटस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी कार्यालय पेरिसडाँडामा नअट्ने भएकाले सानेपा हाइटको ब्यांक्वेटमा बैठक बस्ने जानकारी दिनुभयो । माओवादीले २०६६ सालदेखि पेरिसडाँडालाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सोमबार बस्ने केन्द्रीय समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत पदाधिकारी चयन गर्ने जानकारी आइतबार दिनुभएको थियो ।

माओवादीको विधान अनुुसार केन्द्रीय समिति २९९ सदस्यीय छ । तर महाधिवेशनले खुलातर्फ १ सय ११ र समानुपातिक १ सय २५ जना केन्द्रीय सदस्यहरुको नाम मात्र सर्वसम्मतिले पास गरेको छ ।

बाँकी ६३ जना र विधानले थप गर्न मिल्ने १५ प्रतिशत केन्द्रीय सदस्य चयन गर्नै बाँकी छ । केन्द्रीय समितिले पूर्णता पाउँदा कोटेश्वरको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालय झन् साँघुरो हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक