राष्ट्रियसभा निर्वाचनका उम्मेदवार माओवादी केन्द्रले टुंगो लगायो

maobadi kandra

काठमाडौं २० पुस, । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार को टुंगो लगाएको छ ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर अन्य समूह र भरत सुनार दलित, कर्णालीमा नरबहादुर विष्ट अपांग र अल्पसंख्यक तथा सुदूरपश्चिममा जगत पार्की दलितलाई उम्मेदवार चयन गरेको जनाएको छ ।

माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको उहाँको सचिवालयले जनाएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक