भगवती हाइड्रोपावरको आईपीओ आउँदै

ipo

काठमाडौं २० पुस, । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्धारा सर्वसाधारणका लागि साधारण शेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया शुरुवात समेत गरिसकेको छ ।

साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त समेत गरेको छ ।

कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका १४ लाख ३० हजार १ सय ६२ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका चन्दन कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक