मँगलबार थप ३ ९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृ’त्‍यु

corona test

काठमाडौं २० पुस, । पछिल्लो २४ घण्टामा थप ३ सय ९३ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

७ हजार ७ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३ सय ९३ जनामा कोरोना संक्र’मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृ’त्‍यु भएको छ भने २ सय ६३ जना संक्र’मणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९ सय ५० पुगेको छ । योसँगै नेपाल मृ’त्‍यु हुनेको संख्या ११ हजार ६ सय १ पुगेको छ भने ८ लाख १२ हजार ९ सय ३७ जना संक्र’मणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ जना रहेका छन् । जसमध्ये ४ हजार ८ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय ६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८८ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्र’मण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३९ जना कोरोना संक्रमित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक