आज ६३ अंकले बढ्यो नेप्से परिसूचक

Stock-Market

काठमाडौं २० पुस, । मंगलबार शेयर बजारमा उत्साह देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । नेप्से परिसूचकमा उत्साह देखिए पनि कारोबार रकम भने सोमबारको भन्दा कम भयो ।

दिनभर ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा रोकियो । यस अघि सोमबार भने ४ अर्ब ५३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको थियो ।

मंगलबार धेरै शेयर मूल्इ बढ्नेमा श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा देखिएको छ । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी मध्य भोटेकोशी जलविद्युत आयोजना, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।

मंगलबार धेरै घट्नेहरुमा डिबेञ्चरहरु देखिएका छन् । कृषि विकास बैंकको डिबेञ्चर, नेपाल बैंकको डिबेञ्चर, आईसीएफसीको डिबेञ्चर करिब २ प्रतिशतले घटेका छन् । डिबेञ्चर बाहेक सबैभन्दा धेरै घट्ने पहिला नम्बरमा नबिल बैंक र दोस्रो नम्बरमा बोटलर्स नेपाल तराई देखिएको छ । नबिलको १८ रुपैयाँले घटेर शेयर मूल्य १ हजार १ सय १९ रुपैयाँमा झरेको छ भने बोटलर्सको २३५ रुपैयाँले घटेर १६ हजार १ सय ६३ रुपैयाँमा झरेको बताइएको छ ।

धेरै शेयर कारोबार हुने पहिलो नम्बरमा भने नबिल बैंकसँगको मर्जरको तयारीमा रहेको नेपाल बंगलादेश बैंक देखिएको छ । यस बैंकको मंगलबार ३ लाख ६७ हजार २ सय ५८ कित्ता शेयर किनबेच भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक