सँगै गोठालो गएका साथीसँग झगडा हुँदा एक जनाको ज्यान गयो

Rukum

रुकुम पूर्व २० पुस, । रुकुम पूर्वमा सँगै गाई चराउन जङ्गल गएका एक बालकको ज्यान गएको छ । दुई जना साथीबीच झगडा हुँदा एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ । भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको ज्यान गएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक डीएसपी गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालकको नौ वर्षका साथीसँग झगडा भएको थियो । झगडा हुँदा नौ वर्षका साथीले उनलाई कुटपिट गरी भिरबाट धकेलेका थिए । भिरबाट खसालेपछि आठ वर्षीय बालक गम्भीर घाइते भएका थिए । घाइते बालकलाई आफन्तले सोमवार बेलुका रुकुम पूर्व अस्पतालमा उपचारका लागि ल्याएका थिए । अस्पताल पुर्‍याएलगत्तै डाक्टरले ती बालकलाई मृत घोषणा गरेका हुन् ।

कुटपिट गरेर भिरबाट खसाल्ने नौ वर्षका बालक र सँगै गोठाला गएका अर्का आठ वर्षका बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाका विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक