उत्तर कोरियाद्धारा अज्ञात मिसाइल प्र’हार, नयाँ वर्षको पहिलो परीक्षण रहेको दावि

Kim jon un

काठमाडौं २१ पुस, । उत्तर कोरियाले समुद्रमा एक अज्ञात मिसाइल प्र’हार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ जेसीएस ले जनाएको छ । जापानको कोस्ट गार्डले सबैभन्दा पहिले यसबारे जानकारी दिएको हो । सो बालिस्टिक मिसाइल हुनसक्ने उनीहरूको भनाइ रहेको थियो । यसबारे पुष्टि हुन भने बाँकी रहेको जनाइएको छ ।

संयुक्त राष्ट्रले उत्तर कोरियामाथि कुनै पनि बालिस्टिक या परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ । यदि यो पुष्टि भयो भने उत्तर कोरियाको वर्षको पहिलो क्षेप्यास्त्र प्रहार हुनेछ । केही दिनअघि मात्र किम जोङ उनले कोरियाली प्रायद्वीपमा बढ्दो अस्थिर सैन्य वातावरणको कारण उत्तर कोरियाले आफ्नो रक्षा क्षमता मजबुत बनाउन जारी राख्ने बताउदै आउनुभएको थियो । गत वर्षको आफ्नो पार्टीको अन्तिम बैठकमा उहाँले सो कुरा बताउनुभएको थियो ।

जेसीएसले आफ्नो बयानमा भनेको छ, ‘दक्षिण कोरियाली र अमेरिकी गुप्तचर विभागले विस्तृत जानकारीका लागि यसको सूक्ष्म विश्लेषण गरिरहेको छ । सन् २०२१ देखि नै उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रम विस्तार जारी राखेको छ । उत्तर कोरियाको मिडियाले यसमा हाइपरसोनिक मिसाइल, ट्रेनमा आधारित बालिस्टिक मिसाइल र एउटा नयाँ लामो दुरीको क्रुज मिसाइल परीक्षण शामेल रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक