नेप्से परिसूचक ३०.७५ अंकले गिरावट

Nepal-Stock-Exchange

काठमाडौं २१ पुस, । तीन दिनयता लगातार रुपमा उच्च अंकमा बढेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार ब्रेक लागेको छ । तीन दिनमा १ सय ५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले गिरावट आएको हो । साताको पहिलो कारोबार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरुप ३२ अंकले बढेको थियो भने आइतबार र सोमबारको भन्दा मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेको थियो । तर आज नेप्से परिसूचक ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको हो । त्यस्तै ठूला कम्पनीको शेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि ६.६८ अंक, फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७५ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २ सय ३६ कम्पनीको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५ सय ८३ रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८ सय २७ रुपैयाँको शेयर कारोबार भएको थियो । कारोबार रकममा भने मंगलबारको तुलनामा बढेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत र फाइनान्स बाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ । जसमध्ये जलविद्युत उपसमूह ०.४९ प्रतिशत र फाइनान्स उपसमूह ०.१ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक २.२१ प्रतिशतले गिरावट आएको छ । उत्पादन तथा प्रशोधन उपसमूह १.७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १.७१ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, बैंकिङ्ग, वित्त, लगानी उपसमूह र अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशतले गिरावट आएको छ ।

नेप्सेमा गिरावट आए पनि आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २ सय १४.२० रुपैयाँ पुगेको छ । त्यस्तै विजया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.५५ प्रतिशतले सबैभन्दा धेरैले घटेको छ । आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक