उच्चस्तरीय संयन्त्रको बैठक विहिवार जारी

ramchandra-poudel.j

काठमाडौं २२ पुस, । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक यतिबेला बसिरहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ । त्यसै सन्दर्भमा पौडेलले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक