विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य को पद खारेज गर्न उजुरी

Binod-chaudhary

काठमाडौं २२ पुस,। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै पार्टीमा उजुरी परेको जनाइएको छ ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिनुभएको हो ।

कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले उहाँ केन्द्रीय सदस्य बन्न नपाउने यादवले तर्क गर्नुभएको छ ।

चौधरी अवैधानिक ढंगले केन्द्रीय सदस्य बनेको भन्दै यादवले उहाँको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गर्नुभएको हो ।

उद्योगपति चौधरी कांग्रेसको १४ औं महाधिवेशनमा मधेसी खुला कोटाबाट केन्द्रीय सदस्य मा निर्वाचित हुनुभएको थियो ।

यादवले उजुरी पत्रसँगै विनोद चौधरी विगतमा एमालेबाट सभासद् बनेको प्रमाणसमेत पेस गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक