उत्तर कोरियाले गरेको आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायले गरे निन्दा

blastic

काठमाण्डौ २२ पुस, । उत्तर कोरियाले गरेको आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।

उत्तर कोरियाले हिजो बुधवार जापानको समुद्री तट नजिकै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । पछिल्लो परीक्षणलाई लिएर दक्षिण कोरिया, जापान र अमेरिकाले आपत्ति समेत जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणुअस्त्र परीक्षण गर्न पनि प्रतिबन्ध लगाएको छ ।

आफूमाथि लागेका प्रतिबन्ध हटेमात्र आणविक परीक्षण नगर्ने उत्तर कोरियाले बताउँदै आएको छ । आणविक परीक्षणलाई लिएर दक्षिण कोरिया, जापान, अमेरिकाले आणविक होड त्याग्ने उत्तर कोरियाले आफ्नो पूर्ववत् प्रतिबद्धता उलङ्घन गरेको टिप्पणी समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले हिजो बिहान परीक्षण गरेको क्षेप्यास्त्र झण्डै पाँच सय किलोमिटर उडेको थियो । उत्तर कोरियाले गरेको यो परीक्षण यस वर्षको पहिलो आणविक परीक्षण भएको पनि जाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक