मेस्सी कोरोनामुक्त भए, पीएसजीको प्रशिक्षणमा फर्किने

messi

काठमाडौं २२ पुस, । स्टार खेलाडी लियोनल मेस्सीको कोभिड–१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन पीएसजी को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएको हो ।

क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण मेसीले सोमबार कप डे फ्रान्सअन्तर्गत भेनासविरुद्धको खेल गुमाएका हुन् । किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पिएसजीले भेनासमाथि ४,० को सहज जित निकालेको थियो ।

गत अगष्टमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब भित्रिएका मेसी लिग वानमा लय भेट्टाउन संघर्षरत छन् । पिएसजीबाट १६ खेल खेलेका ३४ वर्षीय मेसीले ६ गोल र चार असिस्ट गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक