शुक्रवार सातै प्रदेशमा हल्का वर्षाको सम्भावना

weather

काठमाण्डौ २३ पुस, । देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । शुक्रवार आज दिउँसो सबै प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हिमपातको सम्भावना हुने जनाइएको छ । यस्तै, आजराति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलि पनि देशका धेरै ठाउँको मौसम बद्ली हुनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान समेत रहेको छ । पर्सि पनि देशका केही ठाउँमा वर्षा र हिमपातको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक