कजाकिस्तान मा १८ सुरक्षाकर्मी, दर्जनौं नागरिकको मृ’त्यु, रुसी सेना देशमा प्रवेश

काठमाण्डौ २३ पुस, । सरकार विरोधी प्रदर्शनबीच रुसी सेना कजाक राष्ट्रपतिको अनुरोधमा कजाकिस्तान पुगेको जनाइएको छ ।

थुप्रै दिनको विरोध प्रदर्शनपछि देशको सबैभन्दा ठूलो शहर अलमतमा मेसिन गनको आवाज सुनियो । अधिकारीले प्रहरी र विरोध प्रदर्शनकारीको मृ’त्युको पुष्टि समेत गरेको हो ।

अधिकारीका अनुसार प्रदर्शनका बेला करिब १८ सुरक्षाकर्मीको मृ’त्यु भएको जनाएको छ । मेसिन गनको फायरिङमा दर्जनौं प्रदर्शनकारी पनि मारिएका छन् ।

कजाकिस्तानमा तेलको मूल्यको वृद्धिको विरोधमा प्रदर्शन सुरु भएको थियो तर पछि प्रदर्शनकारीले थुप्रै राजनीतिक मुद्दा पनि यसमा समावेश गरे छ ।

राष्ट्रपति कासिम–जोमार्ट तोकायेवले यसका लागि विदेशमा प्रशिक्षित आतंकवाद गिरोहलाई जिम्मेवार भएको बताएको छ । यद्यपि, उनले यसका लागि कुनै प्रमाण भने दिएका छैनन् ।

बुधबार एक सरकारी न्यूज च्यानलमा दिएको अन्तरवार्तामा राष्ट्रपतिले देशको बिग्रँदो स्थितिबीच सामूहिक सुरक्षा सन्धी संगठन सीएसटीओ सँग समर्थन मागेका थिए । सिएसटीओ रुस र ६ पूर्व सोभियत संघको राज्यको एउटा सैन्य गठबन्धन हो ।

रुसी आरआईए न्यूज एजेन्सीका अनुसार कजाकिस्तानको मद्दतका लागि पठाइएको सेनामा कथित रुपमा २५ सय सैनिक रहेका छन् । सिएसटीओका अनुसार यी शान्ति सेना हुन् र उनीहरुले देश र सैनिक स्थलको सुरक्षा गर्नेछन् । यो सेना थुप्रै दिन वा हप्तासम्म देशमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक