विश्वमा कोरोना सङ्क्रमित हुनेको संख्या ३० करोड बढी नाघ्यो, झण्डै २६ करोड संक्रमणमुक्त

काठमाण्डौ २४ पुस, । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको संख्या ३० करोड नाघेको बताइएको छ । दुई वर्ष अघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० करोड ३८ लाख पुगेको वर्ल्डओमिटरले जनाएको हो ।

वुहानबाट शुरु भएको कोरोना भाइरसले महामारीको रुप लिएर विश्वका सबैजसो क्षेत्रमा पुगेको छ । अमेरिकामा मात्रै ६ करोड भन्दा धेरैमा संक्रमण पुष्टि भएको जनाइएको छ । भारतमा साढे तीन करोड र ब्राजिलमा दुई करोड २४ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । विश्वमा संक्रमण पुष्टि भएकामध्ये ५४ लाख ९७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

झण्डै २६ करोड निको भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । खोपको आविष्कार गरेर विश्वभर नै खोप अभियान पनि चलिरहेको छ । खोप अभियानसँगै विश्वमा महामारीको प्रभाव कम हुँदै गइरहेको बेला फेरि नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीको नयाँ लहर चल्न थालेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको फैलने क्रम निकै तिब्र भएको भन्दै रोकथामका लागि सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक