प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा

शेरबहादुर देउवा

काठमाडौं २५ पुस, । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बस्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको हो । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका एकजना सदस्यले भने, ‘प्रधानमन्त्रीज्यू भेटघाट बन्द गरेर आइसोलेट हुनु भएको हो ।’

यद्यपि उहाँमा कोभिडसँग मिल्दाजुल्दा कुनै पनि लक्षण नदेखिएको उहाँले बताउनुभयो । त्यसैले कोभिड परीक्षण गर्ने कि नगर्ने भन्ने पनि एकिन भइसकेको छैन । ती सदस्यले भने, ‘अहिले नै पीसीआर टेष्ट गर्ने कि एक(दुई दिन कुरेर परीक्षण गराउने भन्ने अझै एकिन भइसकेको छैन, परामर्श जारी छ ।’

शुक्रबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री देउवा सहभागी हुनुभएको थियो । त्यसको भोलिपल्ट अर्थात् शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतमा कोभिड पुष्टि भएको थियो ।

शनिबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किएलगत्तै प्रचण्ड संक्रमित भएको खबर पाएपछि देउवा आइसोलेसनमा बस्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक