बन्दुकधारी समूहद्वारा नाइजेरियामा १ सय ४० भन्दा धेरैको ह’त्या

काठमाडौं २५ पुस, । बन्दुकधारीहरुले नाइजेरियामा एक सय ४० जनाभन्दा धेरैको ह’त्या गरेको स्थानीय बासिन्दाले दाबी गरेको समाचारमा जनाइएको छ ।

बन्दुकधारी लुटेराको समूहले पछिल्लो एक हप्तामा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको ह’त्या गरेको स्थानीय बासिन्दालाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको हो ।

घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिले पुष्टि गर्न बाँकी छ । सयौँ लडाकु मोटरसाइकलमा आएर १० वटा गाउँमा आक्रमण गरेको खबरमा उल्लेख गरिएको छ । नाइजेरियामा लामो समयदेखि लडाकु समूहले हिंसात्मक गतिविधि गर्दै आएका छन् ।

सरकारी पक्षले ती समूहलाई आतङ्कवादी घोषणा गरी सुरक्षा कारबाही गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक